करको नाममा नागरिकको ढाड सेक्ने काम रोकिनुपर्छ: उम्मेदवार गिरी
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् । नागरिकले तिरेको करको सही सदुपयोग गर्नुको साटो सरकारमा सहभागी दलहरु सुविधाभोगी बन्न पुग्दा त्यसको दुरुपयोग हुने गरेको प्रति गिरीले चिन्ता व्यक्त गरे ।
‘तीन तहको सरकार हुँदा नागरिक दोहोरो तेहेरो करको मारमा परिरहेका छन् । त्यसैमाथि कर तिर्नका लागि नागरिकलाई अझै बढि सास्ती छ ।’ गिरीले भने, ‘यातायात कार्यालयमा कर तिर्नकै लागि नागरिकले घुस खुवाउनु परेको स्थिती छ । साँच्चै यस्ता दृश्यहरुले नेपाललाई साह्रै कुरुप बनाईरहेका छन् ।’ गिरीले जनप्रतिनिधिहरुको सुविधाभोगी आचरणले यस्तो समस्या आईरहेको बताउँदै नागरिकको काम गर्दा सुविधा खोज्न नहुनेमा जोड दिए । उनले जनताको सेवा गर्नका लागि भन्दै राजनीति गर्नेहरुले त्यसलाई पैसा कमाउने माध्यम बनाएको कारण यस्तो समस्याले निरन्तरता पाएको बताए ।
‘राजनीति कुनै पनि हिसाबले पेशा हुन सक्दैन । र, आर्थिक लाभ लिनका लागि गरिने राजनीतिले देशको विकास गर्दैन ।’ गिरीले भने, ‘हाम्रो पार्टी राप्रपाले यही विषयलाई आफ्नो सबैभन्दा ठुलो मुद्दा बनाएर अहिले चुनावमा होमिएको छ । हामी भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मान्छौँ । त्यसैले यो देशको साँच्चिकै विकास गर्ने हो भने नागरिकले भ्रष्टाचारमा शून्य सहनशीलता राख्ने पार्टी राप्रपालाई नै मत दिएर जिताउनुपर्छ।’ गिरीले राप्रपालाई जिताउँदा प्रत्येक नागरिकका लागि फाइदैफाइदा भएकोले यो पटक मत परिवर्तन गरेर जनताले ठुला पार्टीलाई सबक सिकाउन जरुरी रहेको बताए ।
गिरीले आफ्नो चुनावी एजेन्डामा पनि दोहोरो कर र नागरिकलाई परेको आर्थिक भारको विषयमा सम्बोधन गरेको बताउँदै निर्वाचित भएसँगै यो विषयलाई सदनमा चर्को रुपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिनका लागि पनि सास्ती ब्यहोर्नुपर्ने तितो यथार्थ रहेको उल्लेख गर्दै गिरीले त्यसका लागि पनि आफूले नीतिगत रुपमा काम गरि तत्काल सहजताका लागि काम गरेर देखाउने वचन दिएका छ्न । ‘सरकारी सेवा सुविधा बिना झन्झट, भनसुन र आर्थिक लेनदेन बिना नै सहज रुपमा हुने गरि व्यवस्था मिलाउन मैले संसदमार्फत भुमिका खेल्नेछु।’ गिरीले भने, ‘मोबाईल एपबाटै घरमै बसिबसि सरकारी सेवा सुविधा लिने र सो बापतको दस्तुर बुझाउने व्यवस्था मिलाउनका लागि मैले विशेष रुपमा काम गर्नेछु ।’ साथै गिरीले विज्ञ समूहरुको निर्माण गरि यस्ता विषयको तत्काल सम्बोधन गर्न फरक निकाय नै बनाउन आफूले प्रस्ताव गर्ने बताए ।
राप्रपाका उम्मेदवार गिरी यतिबेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलोको क्रममा राप्रपा र उम्मेदवार गिरीको पक्षमा ठुलो जनसमर्थन मिलेको छ । गिरीले आफू यो पटक कुनै पनि हालतमा जनताबाट निर्वाचित भएर संसदमा पुग्ने कुरामा ढुक्क रहेको जानकारी दिएका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

